चीनले बढायो जापानसँगको युद्ध अवघि, ६ वर्ष थपेर यस्तो बनाउँदैछ पाठ्यक्रम

चीन । चीनले जापानसँगको युद्धबारे पाठ्यपुस्तकमा समावेश भएको विषय परिवर्तन गर्ने भएको छ ।

चाइनाले जापानसँग भएको आफ्नो युद्धको समय बढाएर १४ वर्ष पुर्याउने तयारी गरेको छ । यस अघि युद्धको अवधि ८ वर्ष भएको पाठ्यपुस्तकमा उल्लेख गरिएको थियो ।

तर अव युद्धको अवधि १९३१ देखि १९४५ पुर्याइएको जनाइएको छ । चाइनामा रहेको जापानी स्वामित्वको एक रेलवे लाइनमा भएको आक्रमणको मितिलाई चीनले युद्धको सुरुवात भएको मिति जनाएको छ ।

दोस्रो विश्वयुद्धका क्रममा दुई छिमेकीविचको विवादले उग्र रुप लिएको थियो । जापानी सेनाले सयौं चिनियाँ सर्वसाधारणको हत्या गरेको र चीनलाई विना कारण दुःख दिएको पाठ्यपुस्तकमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?