ओवामाको कार्यकालमा जापान र अमेरिका विचको सम्वन्ध सुमधुर : सुगा

 

जापान । जापानका चिप क्याविनेट सचिव युशिहिदी सुगाले पछिल्लो चार वर्षमा अमेरिकी पुर्व राष्ट्रपति ओबामाको कार्यकालमा  जापान र अमेरिका विच सबैभन्दा सुमधुर सम्बन्ध रहेको बताएका छन् ।

जापानी प्रधानमन्त्री शिन्जु आवे र ओवामाको कार्यकालको अमेरिका संगको सम्बन्ध विशेष रहेको भन्दै सुगाले ओवामा कुशल राजनैतिक नेता भएको समेत बताएका छन् ।

ओवामाको विदाई समारोहलाई इंगित गर्दै सुगाले दोस्रो विश्व युद्द भएको ७० वर्ष पछी आवेले ओवामाको कार्यकालमा अमेरिकाको भ्रमण गरेको र भ्रमण संगै केहि एतिहासिक सम्झौताहरु भएको पनि सुगाले बताएका छन्  ।
पछिल्लो वर्षको मे महिनामा ओवामाले हिरोसिमाको भ्रमण गरे पश्चात अमेरिका र जापान विचको सम्बन्ध झनै उचाईमा पुगेको जापान सरकारको रहेको सुगाले बताए ।

त्यस्तै आवेको अमेरिका स्थित पर्ल हार्वारको भ्रमण पनि जापान र अमेरिकाको सुमधुर सम्बन्धलाई थप उचाईमा पुर्याउन सफल भएको बताईएको छ ।

आगामी दिनहरुमा पनि जापान र अमेरिका विच सुमधुर सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास सुगाले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा त्यो काम अघि बढ्ने विश्वास जापान सरकारले लिएको सुगाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?