जापानमा नेपाली विद्यार्थी द्वारा आत्महत्या

टोकियो । टोकियोको चियोदा कुमामा नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । काठमाण्डाै पकनाजोलका ३२ वर्षीय जोन लामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अध्ययनको लागि २ वर्ष अघि लामा जापानमा अाएका थिए ।

सोमबार साँझ जापानी समय अनुसार ४/५ बजेतिर लामाको साला र साथि किनमेल गरेर कोठामा पुग्दा लामा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

साथीहरुले लामालाई झूण्डिएको अवस्थामा भेटेपछि तुरून्तै अस्पताल लगिए पनि चिकित्सकले मृतक घोषणा गरेको गरेको थियो । लामाले आत्महत्या गर्नुको वास्तविक कारण अझै खुलिसकेको छैन।
तर लामाले पढिरहेको कलेजको पढाई मार्च महिनामा सकिने भएको हुँदा नयाँ कलेज भर्ना हुन कलेज पनि नभेटिएको साथै उनले रोजगारीको लागि काम पाउन नसकेको हुँदा उनि पछिल्ला दिनहरुमा धेरै तनावमा देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?