सुधारकाे मार्गमा जापान-रूस सम्बन्ध

जापान । जापानकाे राष्ट्रिय सुरक्षा अध्ययन अन्तर्गतकाे क्षेत्रीय अध्ययन संस्थानका निर्देशक शिन्जी ह्यातोले जापान र रसिया विचकाे सम्बन्ध सुधारकाे विषयमा टिप्पणी गरेका छन्।

गत डिसेम्बरमा जापानका प्रधानमन्त्री आवे तथा रुसका राष्ट्रपति भ्लादिमीर पुटिनविच यामागुचिमा  भएको भेटवार्तामा दुवै नेता शान्ति सन्धि तथा क्षेत्रिय मुद्धामा केन्द्रि भएका थिए ।

ह्यातोले दुवै नेताको यस भेटघाटले जापान र रसिया विचको शान्ति सन्धिको हस्ताक्षरका लागि वार्ताको ढोका खालेको बताएका छन । एक पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले शान्ति सन्धिको महत्वलाई स्विकार्दै  हस्ताक्षरको विषयलाई अगाडी बढाउने बताएका थिए ।

उत्तर कोरियाको आणविक विकास कार्यक्रम तथा अमेरिकाको प्रभावमा कमि जस्ता मुद्धाको कारण एशियाको शक्ति सन्तुलनमा प्रभाव परेको ह्यातोले बताएका छन ।

पुटिनले चीन संगको सम्बन्धलाई कायम राख्दै जापान संगको सम्बन्धमा सुधार ल्याउन चाहेको ह्यातोले बताएका छन । शिखर वैठकको क्रममा रुसी पक्षले दुवै देशको विदेश मन्त्रि तथा रक्षा मन्त्रि विचको टु प्लस टु वार्ता गर्ने उत्सुकता व्यक्त गरेका थिए ।

२०१३ मा क्रिमिया युद्धको कारण असम्भव बनेको यस प्रक्रिया २०१७ मा जापान -रुस सम्बन्ध सुधारको सेतु बन्न सक्ने ह्यातोले बताएका छन ।

चीनको सामुद्रिक गतिविधिलाई लिएर जापान र रुसको सम्बन्धले कस्तो मोड लिन्छ भन्ने विषय अर्काे चुनौतीको विषय बनेको ह्यातोले बताएका छन ।

ह्यातोले अमेरिका र रसियाको सम्बन्धमा प्रगाढ आएसंगै जापान र रुस सुरक्षा मुद्धामाथि नजिक आएमा, क्षेत्रिय मुद्धासंग जोडिएका सम्झौताका साथै शान्ति सन्धिको हस्ताक्षरमा सहमति हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?