जापानमा नेपाली साहित्य अनुरागीहरुले यसरी सम्झिए देशलाई (फोटो फिचर )

टोकियो । अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले शुभकामना आदानप्रदान, कलाकार सम्मान र साहित्यिक सिर्जना वाचन गरी आइतवार टोकियोमा विविध कार्यक्रमका साथ साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोको शिन ओकुबो स्थित रोधी क्लवको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रमको उद्घाटन एनआरएनए जापानका अध्यक्ष सुदन थापाले गरेका थिए

कार्यक्रममा तीन दर्जन भन्दा बढी स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । देशप्रेम, मायाप्रीति, प्रकृति, प्रवासका पीडा लगायतका भावले ओतप्रोत भएका सिर्जनाहरुले कार्यक्रमलाई साहित्यमय बनाएको थियो ।

समाजका अध्यक्ष बिष्णु घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली भाषा, साहित्य, कला, संगीतको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा निरन्तर योगदान पुर्‍याएको भन्दै कलाकारहरू सूर्य खड्का, युवराज आचार्य, गिता सेन्चुरी, नम्रता सापकोटा, नारायण कँडेल, बिनोद भण्डारी, रामकृष्णबम मल्ल,पार्बती कार्की, शिव परियार र वसन्त थापा अमृत खाती, सिर्जु अधिकारीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

रचना वाचन गर्ने स्रष्टाहरूमा जीवन अर्याल, अरूण पौडेल, सरिता ढकाल, रविन शर्मा, रविन्द्र दिख्खुपा, बेलुकाजी थापा, समर्पण गदेल, एलसन काप्री, कमला काप्री, सविना रेग्मी, आनन्द कोईराला, गिरिजा गैह्रे, राजेन्द्र जमरकट्टेल, लोकनाथ अधिकारी, भुवन रोका लगायतका थिए ।

सयौंको संख्यामा भेला भएका साहित्य प्रेमीहरू विच कार्यक्रममा प्रमुख अतिथि सहित बिशेष अतिथिहरु नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, अनेसास केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल ’माइला’, नेपाल सँस्कृत विश्वविद्यालयका पूर्व प्राध्यापक ईन्द्रविलास घिमिरे, नेपाली जनसम्पर्क समिति जापानका सभापति डिपी कँडेल, प्रवासी नेपाली मन्चका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील मन्चका उपाध्यक्ष लोकनाथ अधिकारी, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना लगायतले नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै नेपाली साहित्यको उत्थानमा प्रवासबाट अनेसास जापानले खेलेको भूमिका बारे आफ्ना विचार व्यक्त गरेका थिए।
नेपाली भाषा, कला र साहित्यको संरक्षण तथा प्रवद्धनका लागि भन्दै अनेसास जापानले हरेक तीन-तीन महिनामा बिशेष कार्यक्रमसहित साहित्यिक शृङ्खलाको आयोजना गर्दै आईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?