दक्षिण काेरियाबाट स्वदेश फर्किए जापानी राजदुत नागामिना

जापान । जापानका राजदुत यासुमासा नागामीना अस्थायी रुपमा दक्षिण कोरिया छाड्दै सोमबार जापान फर्किएका छन् ।

उनलाई जापान सरकारले दक्षिण कोरियाको बुशान शहरस्थित आफ्नो महावाणिज्य दुतावास अगाडी दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाको योैन दासी तथा उत्पीडन बनाइएका पीडित महिलाहरुको शालिक राख्ने कोरियाली कदमको विरोधमा स्वदेश फिर्ता बोलाएको हो ।

राजदुत नागामीनाले दक्षिण कोरियाको सिओल एयरपोर्टमा जापानको महावाणिज्य दुतावास अगाडी पीडीत महिलाहरुको शालिक राख्नु अत्यन्तै खेदजनक भएको बताएका छन् ।

साथै उनले यस मुद्दामा जापानी अधिकारीसंग छलफल गर्ने बताएका छन । जापानले २०१५ को द्धिपक्षीय सम्झौतामा छलफल गर्न आग्रह गर्दै शालिक हटाउन दक्षिण कोरियाली सरकार समक्ष अनुरोध गरेको थियो ।

सो सम्झौतामा दुवै देशको उपस्थितीमा महिला सान्त्वना मुद्धालाई सुल्झाउने सहमति भएको थियो । तर ,दक्षिण कोरियाका अधिकारीहरुले तत्काल मुद्धा सुल्झाउने विषयमा कुनै ठोस प्रस्ताव ल्याएको भने  देखिदैन ।

दक्षिण कोरियाको बुशानस्थित जापानी महावाणिज्य दुतावासमा मात्र नभई यसप्रकारका शालिक दक्षिण कोरियाको सिओल शहर स्थित जापानी राजदुतावास अगाडी पनि राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?