विश्वव्यापी रूपमा एकजुट भए सुदुरपश्चिमेलीहरू

जापान । प्रवासमा नै रहेर समग्र सुदुरपश्चिमको विकासमा सहयोग पुर्याउने उदेश्यले विश्वभरि छरिएर रहेका सुदुरपश्चिमेलीहरुले ३५ सदस्यीय तदर्थ समितीको गठन गरेका छन् ।

जापानको काेबे विश्वविद्यालयमा अध्ययनरत भरत नेगीको संयोजकत्वमा अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजकाे नामबाट अनलाईन भेला गरि गठन गरिएको यस समितीमा विश्वभार छरिएर रहेका सुदुपश्चिमेलीहरु एक जुट भएका छन ।

समाजकाे अनलार्इन भेलामा जापानबाट आशिष रावल र पूर्ण चलाउने ,कोरियाबाट कमल र धर्म राज जोशी,शाही युएइबाट लक्ष्मण अधिकारी र चेतन थापा, मलेसिया महेश राज भट्ट र प्रकाश देब भट्ट, बहराइन शेर ब. रावत र उमेश जोशी, पोर्चुगल धिर्ग मल्ल, कुबेत अमर खड्का, अस्ट्रेलियाबाट महेश भण्डारी र केशब जोशी, क्यानडाबाट चक्र बलायर र जगदिस भट्ट, कतार धन बहादुर बलायर, डेनमार्कखेम जोशी र कबिता बिस्ट, युएस रमेस भट्टराई, भारतबाट भरत थापा, मकाउ सोनु पन्थि,इजरायलबाट सुमि शाहीमकाउ सोनु पन्थि र गिता नेपाली सदस्यमा चयन भएका छन् ।

संयोजक नेगीले समाजको प्रमुख उदेश्य अध्ययन, पेशा तथा व्यवसायको शिलशिलामा विश्वभर छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाईचारा एबंम एकताको सुत्रमा बाँधीर्इ देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्नका साथ–साथै आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतिको जगेर्ना गर्नु रहेको बताएका छन् ।

यसका साथै  उनले सुदुरपश्चिमको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार लगायत स्वास्थ शिक्षा तथा रोजगारीको आधारभुत कुराकाे विकासमा जाेड दिनुकाे साथै समाजमा ब्याप्त कुरुती, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले यस संगठनकाे विस्तार गरिएको  बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?