पुन: तीन चिनियाँ जहाज जापानी भुमिमा प्रवेश

जापान । आईतबार विहान सेन्काकु टापु हुदै पुन: तिन ओटा चिनियाँ जहाज जापानी भुमिमा  प्रवेश गरेका छन् ।

जापानी तट रक्षकहरूले तीन चिनियाँ जहाज  विहान दश बजे युटसुरी प्रान्तमा देखेको र करिब  ११.३० मा जापानी भुमिमा प्रवेश गरेकाे बताएका छन।

जापानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले टेलिफोन मार्फत चिनियाँ अधिकारी समक्ष यस प्रकारको चीनीयाँ कदम प्रति कडा विरोध जनाएका छन।

उनले वेईजिङ स्थित जापानी दूतावासमा पनि चीनीयाँ कदमबारे खबरदारी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?