अावेले काेरियाली सरकारसंग दुतावास अगाडी राखिएका शालिक हटाउन अाग्रह गर्ने

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले दक्षिण कोरियाको बुशान शहरस्थित आफ्नो महावाणिज्य दुतावास अगाडी राखिएका  पीडित महिलाहरुको शालिक हटाउन दक्षिण काेरियाली सरकार समक्ष आग्रह गर्ने संकेत गरेका छन् ।

आवेले करिब एक महिना देखि कोरियाको वुशान शहर स्थित जापानी दुतावास अगाडी  दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाले याैन दासी तथा उत्पीडन बनाइएका  पीडित महिलाहरुको मुर्ति राख्ने काेरियाली कदमबारे टिप्पणी गरेका थिए ।

साथै उनले कोरियाली सरकारसंग दक्षिण कोरियाको सोलस्थित जापानी दुतावास अगाडी राखिएका मुर्ति हटाउन आग्रह गर्ने संकेत गरेका छन।

आवेले महिला सान्त्वना मुद्दामा जापान सरकार र दक्षिण कोरियाली सरकारले २०१५ मा गरेको द्धिपक्षीय सम्झौतालाई यथासक्य चाँडो समाधान गर्नु पर्ने बताएका छन ।

साथै उनले जापान सरकारले सो  सम्झौतालाई पुरा गर्नको लागि ८.५ मिलियन डलर खर्चिसकेको बताएका छन । उनले ईमान्दारीपुर्वक सम्झौतालाई पुरा गर्नु जापान सरकारको दाहित्व बनेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?