चीनमा जापानी गाडीहरुको विक्री अत्याधिक

जापान । जापानका मोटर निर्माताहरुले पछिल्लो वर्ष चीनमा अत्याधिक मात्रा नयाँ मोटरहरु विक्री भएको खुलासा गरेका छन् ।

मोटर कम्पनी निसानले पहिलो वर्षको भन्दा ८.४ प्रतिशत बढी अर्थात १३५४६०० मोटरहरु चीनमा विक्री भएको आंकडा प्रस्तुत गरेको छ ।

त्यस्तै होन्डा कम्पनीले विक्रिमा २४ प्रतिशतले वृद्दी भएको भन्दै १२४७७०० मोटर विक्री भएको बताएको छ । त्यस्तै टोयोटा मोटरले अघिल्लो वर्षको भन्दा २०१६ मा ८.२ प्रतिशत बढी मोटर विक्री अर्थात १२१४२०० आंकडा प्रस्तुत गरेको छ ।
चीनमा पहिलेको भन्दा दोहोरो अंकमा मोटरको मार्केट बढेको ती कम्पनीहरुले दावी गरेका छन् । चीनमा साना गाडीहरुमा करको मात्रा घटाईएपछि मोटरको माग धेरै बढेको जापानी कम्पनीहरुको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?