जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले अमेरिकी उप-राष्ट्रपति जोर्इ विडेनसंग जापान र दक्षिण कोरियाले २०१५ मा महिला सहजताका लागि गरेको सम्झौता व्यवस्थित रुपबाट कार्यान्वयनमा ल्याउने बताएका छन् ।
प्रधानमन्त्री आवेले अमेरिकी उप -राष्ट्रपति विडेनसंग शुक्रबार भएको टेलिफोन वार्तामा सो कदमलाई निरन्तरता दिने जानकारी गराएका थिए।
उप -राष्ट्रपति विडनेले अमेरिकी सरकारले द्धिदेशीय सम्झौताको निरन्तर कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।
प्रधानमन्त्री आवेले यस सम्झौतालाई कार्यान्वयनमा ल्याउनु जापान सरकार तथा दक्षिण कोरियाली सरकारको महत्वपुर्ण उत्तरदाहित्व बनेको बताएका छन ।