जापानमा कार्यरत कामदारहरुलाई खुसीको खबर, प्रधानमन्त्री आबेले दिए तलब बढाउन निर्देशन

टोकियो । प्रधानमन्त्री शिन्जो आबेले पछिल्लो केही वर्षको आफ्नो नीति अनुरुप यो वर्ष आफ्ना कर्मचारहिरुको तलब सुविधा बढाउन विभिन्न व्यापारकि संस्थाका प्रमुखहरुलाई आग्रह गरेका छन् ।

बिहीबार विभिन्न उद्योगसँग सम्वद्ध व्यापारीक घरानाका प्रमुखहरुलाई प्रधानमन्त्री आबेले यस्तो आग्रह गरेका हुन् ।

उनले स्थायी आर्थिक सुधारका लागि कामदारहरुको तलब सुविधा बढाउनुपर्ने बताएका छन् ।

उनले आफुले पछिल्लो तीन वर्षमा तलब बढाएकामा धन्यवाद दिँदै सरकारको नीति अनुरुप फेरि एक पटक कर्मचारीहरुलाई प्रोत्सहान गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री आबेले देशको आर्थिक अवस्था मजबुत पार्नका लागि पनि कर्मचारीलाई खुसी पार्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?