नेपालको ऐतिहासिक सम्पदाकाे पुनर्स्थापनामा जापानले सहयोग गर्ने

जापान । जापान सरकारले २०७२ मा आएको भूकम्पकका कारण क्षतिग्रस्त भएका नेपालकाे ऐतिहासिक सम्पदाहरुको पुनर्स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेको छ ।ऐतिहासिक भवनको पुनर्स्थापनामा काडमाडौं स्थित धरहरा पनि सामेल गरिएको छ ।

जापान सरकारले नेपालको सांस्कृतीक धरोहरका रुपमा रहेका ऐतिहासिक क्षेत्रको पुनर्स्थापनाका लागि यससंग सम्बन्धित जापानी विशेषज्ञहरुलाई नेपाल पठाउने घोषणा गरेको छ ।

यसका साथै जापान सरकारले नेपाल सरकार समक्ष नेपाली निर्माणटोलीलाई  पुनर्स्थापना सम्बन्धी प्रशिक्षणका लागि जापान पठाउन आग्रह गरेको छ ।

२०७२ मा आएको भूकम्पका कारण क्षतिग्रस्त भएका ऐतिहासिक धरोहरको  पुनर्स्थापनामा जापानले देखाएको यस सहयोगलाई नेपालले स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?