जापानमा सवारी दुर्घटनामा मर्नेको संख्या घट्यो

जापान । सडक दुर्घटनामा परेर जापानमा ज्यान गुमाउने मानिसहरुको संख्या ६७ वर्षमा पहिलो पटक ४००० भन्दा मुनि देखिएको छ ।
तर मोटर दुर्घटनामा परेर मर्ने वयस्कहरुको संख्या भने अहिले सम्मकै उच्च देखिएको छ ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले ३,९०४ मानिसहरु सन् २०१६ मा सडक दुर्घटनामा परेर ज्यान गएको बताएको थियो । त्यो आंकडा प्रहरी एजेन्सीले रेकर्ड राख्न थालेदेखिको तेस्रो सबैभन्दा कम हो भने सन् १९४९ मा ४००० भन्दा कम मानिसहरु मरेको प्रहरीको आंकडाले देखाएको छ ।
मोटर दुर्घटनामा ज्यान गुमाउने ६५ वा त्यो भन्दा बढी उमेर समूहका व्यक्तिहरुको संख्या सन् २०१६ मा २१३८ पुगेको देखिएको छ । जुन संख्या पहिलेको भन्दा १०९ ले कम हो ।

जापानको ईतिहासमा सन् १९७० मा सडक दुर्घटनामा मारिने जापानीहरुको संख्या १६,७६५ पुगेको थियो । सवारी साधन चलाउँदा चालकले मदिरा सेवन गर्नु तथा सिट बेल्ट नलगाउनु दुर्घटनाको मुख्य कारक भएको प्रहरीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?