जापानले यसरी गर्दै छ अटो क्रान्ति, अब गाडी चलाउन तेल नचाहिने

जापान । जापान विश्वको यस्तो आर्थिक शक्ति हो, जस्ले उत्पादन गर्ने नयाँ नयाँ उत्पादनहरु विश्व बजारमा लोकप्रिय मात्रै बन्दैनन्, विश्व नै जापानी आविष्कारको बाटोमा हिड्छ । अहिले फेरि जापानले अटो क्रान्ति थालेको छ ।

अर्थात् अब जापानी गाडी उत्पादक कम्पनीहरु डिजेल तथा पेट्रोल रहित सवारी उत्पादनमा लागेका छन् । जापान सरकार स्वयं इन्धनबाट चल्ने गाडीहरु विस्तपित गर्ने अभियानमा लागेको छ भने जापान सरकारको योजना साकार पार्नका लागि गाडी उत्पादक कम्पनीहरु लागिपरेका छन् ।
जापानी गाडी उत्पादक निशानले चार्ज गाडी उत्पादन सँगै चार्ज स्टेशनहरुको निर्माण थालेको छ । अहिले जापानमा ४० हजार गाडी चार्ज स्टेसन रहेको छ भने जम्मा ३५ हजारको हाराहारीमा मात्रै पेट्रोलपम्पहरु छन् ।
जापानकै अर्को ठुलो मोटर उत्पादक जनरल मोटर्सका अध्यक्ष मेरी बाराले पनि दश वर्ष भित्र अधिकांश पेट्रोल गाडी विस्थापित हुने दाबी गरेृकी छिन् ।
उनले वातावरणीय हिसाबले पनि चार्ज गाडीहरु उपयुक्त भएको र जापानी कम्पनीहरुले टीकाउपुर्ण चार्ज गाडी निर्माण गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?