जापान सरकारले ल्याउने भयो विदेशीको सुरक्षाका लागि नयाँ प्रणाली

जापान । जापानको आन्तरिक मामला मन्त्रालयले विदेशी नागरिकहरुको सामाजिक सुरक्षाको प्रत्याभुती दिलाउनका लागि नयाँ प्रणालीको विकास गर्ने तयारी गरेको छ ।

जापान सरकारको नीति अनुरुप जापानमा रहेका विदेशी नागरिकहरुलाई आपत्कालीन सुरक्षाका लागि नयाँ प्रणालीको विकास गर्न लागिएको हो ।

भूकम्प, सुनामी लगायतका आपत्कालीन अवस्थाहरुमा ज्यान बचाउनका लागि विदेशी नागरिकहरुलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो प्रणाली ल्याउन लागिएको हो ।

सन् २०२० को टोकियो ओलम्पिकलाई ध्यानमा राखेर सुरक्षीत स्थानमा पुग्नका लागि सहजीकरण गराउने प्रणालीको विकास गर्न लागिएको हो ।

जस अनुसार प्राकृतिक विपद्बारे जानकारी दिनका लागि राडार मार्फत् सम्बन्धीत विदेशी नागरिकको मोबाइलमा सफ्टवेर जडान गरिने छ ।

आपत्कालीन अवस्था आउन लागेपछि उनीहरुको मोबाइलमा कुन स्थानबाट कहाँ पुगेर कसरी सुरक्षीत बस्ने जानकारी दिइन्छ । यसरी यो प्रणालीले नक्सा सहीत सबै जानकारी दिने सफ्टवेरको निर्माण भैरहेको छ ।

गत अप्रिलमा जापानको कुमाओतो प्रान्तको पर्यटकीय क्षेत्रमा भूकम्प जाँदा सिवदेशी नागपिरकहरु आत्तीएको र उनीहरुलाई सुरक्षीत स्थानमा पुग्न हम्मे हम्मे भएको भन्दै आलोचना भएको थियो । तत् पश्चात् जापान सरकारले विदेशीहरुलाई जापान सुरक्षीत भएको प्रत्याभुती लाउयनेगरि काम गर्ने चुनौति थपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?