जापानमा सम्राट परिवारलाई व्यक्त गरियो नयाँ वर्षको शुभकामना सन्देश

जापान ।  जापानी सम्राट अकिहितो तथा महारानी मिचिकोलाई विभिन्न प्रान्त तथा राज्यका प्रमुखहरुले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएका छन् ।

टोकियो स्थित सम्राट अकिहितोको निवासमा आयोजित एक कार्यक्रममा सम्राट तथा महारानीले राजपरिवारका अन्य सदस्यहरु सहित प्रधानमन्त्री शिन्जो आवे तथा विभिन्न देशका राजदूतहरु संग भेटेर नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा सदन तथा न्यायपालिका उच्च अधिकारीहरुलाई सम्राटले देशको विकास र जनताको खुसीको लागि काम गर्न अनुरोध गरेका थिए ।

सम्राट निवासमा शुभकामना व्यक्त गर्न आफ्नो परिवार सहित १२० देशका उच्च अधिकारी तथा राजदूतहरु भेला भएका थिए भने सम्राट परिवार पनि त्यस कार्यक्रममा सरिक भएको थियो ।

सोमबार सम्राट परिवारलाई देशैभरिबाट जनताले शुभकामना तथा उपहारहरु सहित नयाँ वर्षको शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?