जापानमा यसरी मनाईयो अन्तराष्ट्रिय ढाका टोपी दिवस

जापान । समाजिक कार्यमा सक्रिय युवाहरुको फेसबुक समूह (Men’s Room Reloded) एम.आर.आर. ले जापानमा अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाएको छ ।

“राष्ट्र र राष्ट्रियताको प्रतिक ढाका टोपिलाई बिश्वभरि चिनाऔ” भन्ने नाराका साथ अंग्रेजी नया बर्षको जनवरी १ तारिखका दिन सम्पूर्ण नेपाली दाजुभाईहरु विच आपसि सद्धभाव र भाईचारा अभिबृद्दि गराउने उदेश्यले एकआपसमा टाका टोपि लगाई एमआरआरले टोकियो शहरको सिनओओकुबुकोमा टोपी दिवस मनाएको हो ।

नेपाल-जापानको सम्बन्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका जिज्ञान कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाललाई माया गर्ने जापानी नागरीक हारुहितो नोजुको विशेष उपस्थिति रहेको थियो ।

सेल्फि विथ ढाकाटोपि फोटोसेशन प्रतियोगिताका विजयिहरुलाई प्रमुख अतिथि द्वारा पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो।

त्यस अलाबा गिरिजा गैर,प्रमोद दाहाल,सन्जय सिके आदिले आफ्नो कबिता, गित तथा कला प्रदर्शन गरेर उपस्थित सहभागिहरुलाई मनोरन्जन दिलाएका थिए ।

अरुण पुरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा व्यवसायी पुस्कर जंग थापा, सरोज कुमार खत्री, डाक्टर विजय ज्ञवाली, राजु तिवारी लगायत अन्य अतिथीहरुको उपस्थिति रहेको थियो  ।

विहान १० बजेबाट सुरु गरेर मध्यान्ह १२ बजे समापन गरिएको सो कार्यक्रमको संचालन एमआरआर जापानका सक्रिय सदस्य समिर खनालले गरेका थिए ।

गोरेटो प्रोडक्सन र JRF रेमिटले प्रयोजन गरेको कार्यक्रमलाई दिपक ढुंगेलले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?