जापानको सिगा क्षेत्र घुम्न जाँदै हुनुहुन्छ भने यी ठाउँहरु नछुटाउनोस् ! (फोटोफिचर )

जापान । जापानको केन्द्रिय भागमा केहि यस्ता भूभाग तथा स्थलहरु छन् जहाँ तपाई केहि समय आनन्ददायी तरिकाले आफ्ना दिनहरु विताउनु सक्नुहुन्छ । जापानको सिगा क्षेत्र तीनै भूभागहरु रहेको प्रख्यात पर्यटकीयस्थल मध्यको एक हो ।

सिगा क्षेत्रमा रहेको विवा ताल जापानको नै सबैभन्दा ठुलो ताल हो । त्यस्तै सिगा क्षेत्रलाई घेरेर बसेका हिमालहरुमा ईबुकी, हिरासान, हिईजान एंड सुजुका हिमाल हुन् ।

विवाका भ्याली
सिगा क्षेत्रमा रहेको विवाका भ्यालीमा रहेको स्काई हिल प्रख्यात पर्यटकिय स्थल मानिन्छ ।क्युटोबाट स्काई हिल ३५ किमी टाढा पर्छ ।
सन् १९६५ बाट पर्यटकहरुका लागि यो क्षेत्र खुल्ला गरिएको हो ।

ओमीहाचिमान
जापानको प्रख्यात ताल मध्यको ओमिहाचिमान पनि एक प्रख्यात ताल हो । क्युटोबाट ट्रेनमा ३० मिनेटको बाटो भएर पुगिने यो ताल हिमुरे हाचिमानगु स्तुपा, हाचिमान हिमाल, शिनमाची-डोरी र हाचिमान बोरि क्यानल लगायतका प्रख्यात स्थलहरुले घेरिएको छ ।
यस तालमा डुंगा चढ्नको लागि हजारौ मानिसहरु आउने गर्छन् ।

विवाको टेरेस
विवाको भ्यालीमा भर्खरै सर्वसाधारणको लागि खुल्ला गरिएको विवाका टेरेस पनि यतिवेला पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ ।
यो प्रख्यात स्थलको चुचुरोमा रोपवेबाट ५ मिनेटमा नै पुग्न सकिनेछ । जब यसको चुचुरोमा पुगिन्छ तब अदभुत प्राकृतिक मनोरम दृश्य देख्न सकिन्छ ।

काईजु ओसाकी
विवा भ्यालीको उत्तरी भूभागमा पर्ने काईजु ओसाकी चेरी र विवाको क्वासी राष्ट्रिय निकुन्जको लागि प्रख्यात मानिन्छ ।
यस क्षेत्रमा फुल्ने चेरीको फुल र निकुन्जमा गरिने हईकिंग पर्यटकका लागि प्रमुख आकर्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?