म्युजिकल नाइटको प्रस्तुतीका लागि नेपाली कलाकारकाे टाेली नागाेयामा

जापान । अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर जापानको नागोया, फुकुओका र योकोहामा शहरमा आयोजना हुन लागेको म्युजिकल नाईटमा आफ्नो प्रस्तुतीका  लागि नेपाली कलाकार टोली जापान आईपुगेको छ ।

सांगीतिक प्रस्तुतीका लागि जापान अाईपुगेका नेपालका ख्याति प्राप्त गायक सुगम पोखरेल, गायक नविन के भट्टराई र नायिका नम्रता सापकोटा लगायतलाई अायोजक टिमले नागोया एयरपोर्टमा स्वागत गरेको थियो ।

नेपाली कलाकार टाेली जनवरी १ मा नागोया, ४ मा फुकुअाेका तथा  जनवरी ६ मा योकोहामामा आयोजना हुन लागेकाे म्युजिकल नाईटमा अाफ्नाे दमदार प्रस्तुतीका लागि जापान अाईपुगेका हन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?