टोकियो स्थित मेईजु जिंगुमा यसरी मनाईदैछ नयाँ वर्ष २०१७

जापान । टोकियोमा रहेको एक ठुलो तिर्थस्थलमा नयाँ वर्ष २०१७ लाई स्वागत गर्न धेरै मानिसहरु भेला भएका छन् । जापानमा शिन्तो धर्म मान्ने व्यक्तिहरुले मेईजु जिंगु क्षेत्रमा गएर नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न थालेका हुन् ।

त्यस तिर्थस्थलको अगाडी रहेको मुख्य हल अगाडी ठुलो बक्स अगाडी उभिएर मानिसहरुले भगवानलाई सम्झेर सिक्का तथा ब्यांक नोटहरु फाल्ने गर्छन् ।

तिर्थस्थलको गेटलाई अनगिन्ति फूलहरु द्वारा सजाईएको छ । साथै नयाँ वर्षलाई स्वागत गर्न मुख्य हलका भित्ताहरुमा विभिन्न वृहत कलाकृतिहरु बनाईएका छन् ।

साथै तिर्थस्थल आसपासमा घन्टी तथा विभिन्न सामानहरु बेच्न राखिएको छ । नयाँ वर्ष २०१७ पूर्व सन्ध्याका ३ दिनहरुमा ३० लाख मानिसहरुले मेईजु जिंगुमा भ्रमण गर्न आउने अनुमान स्रोतले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?