महिला कामदारले आत्महत्या गरेपछि जापानको सबैभन्दा ठुलो विज्ञापन कम्पनीका प्रमुखले दिए राजिनामा

टोकियो । कम्पनीमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेको विष्गायमा विवाद भएसँगै जापानको सबैभन्दा ठुलो कम्पनीका कार्यकारी प्रमुखले राजिनामा दिने घोषणा गरेका छन् ।

जापानको सबैभन्दा ठूलो विज्ञापन कम्पनी डेन्टसुका प्रमुख कार्यकारी अधिकृत टडासी इसीले नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन् ।
कम्पनीले कर्मचारीहरुलाई बढी ओभरटाइम काम गर्न लगाएको र कामको लोडका कारण ती महिलाले आत्महत्या गरेको प्रमाणीत भएपछि राजिनामाको घोषणा भएको हो ।
उनले जनवरीमा हुने बोर्ड बैठक पछि राजिनामा दिने छन् ।
विश्वभरका करिब १४० देशका नागरिकहरु उक्त कम्पनीमा कार्यरत छन् । उक्त कम्पनीमा करिब ४८ हजार कामदार कार्यरत छन् । गत वर्षको क्रिसमसको समयमा ती महिलाले आत्महत्या गरेकी थिइन् ।

सरकारी अधिकारीहरुले उक्त घटनाको छानविन पश्चात् तयार पारेको प्रतिवेदनमा बढी समय काम लगाइएको र कामको बोझले उनले आत्महत्या गरेको उल्लेख छ । ती महिलाले आत्महत्या गरेको महिना मात्र १०५ घण्टा ओभरटाइम काम गरेकी थिइन् ।

जापानी अधिकारीहरुले डेन्टसुको कार्यालयमा छापा मार्नुका साथै जापानको स्वास्थ्य, श्रम कल्याण मन्त्रालयले यो मामिला अदालतमा दर्ता गर्न निर्देशन दिएपछि अध्यक्ष टडासीले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?