अब यसरी सहज बन्दैछ जापानी भिसा प्रक्रिया, अनलाईनबाटै सबै जानकारी

जापान । के तपाईं जापान जाने तयारीमा हुनुहुन्छ ? वा जापानमा रहेर पनि भिसा थप्ने प्रक्रियामा हुनुहुन्छ ? सन् २०१७ बाटै अब तपाईंका लागि भिसा प्रक्रिया सहज बन्ने भएको छ । जापान सरकारले नयाँ वर्ष सँगै विदेशीहरुका लागि भिसा प्रक्रियाको जानकारी सहज ढंगले उपलब्ध गराउने तयारीलाई तिब्रता दिएको छ ।

जापान सरकारले कानुन तथा श्रम मन्त्रालयको वेभसाइड मार्फत् भिसा प्रक्रिया र यसका लागि लाग्ने समयको जानकारी गराउने भएको छ ।

कुन किसिमको भिसा आवेदन गरेको हो र त्यसको कागजी प्रक्रियामा कति समय लाग्ने हो र प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे सम्पूर्ण जानकारी अनलाइनमा राखिने छ ।

जापानी पत्रिकाका अनुसार जनगुनासो सम्बोधन गर्नका लागि सरकारले यस्तो योजना ल्याउन लागेको हो । जापान पछिल्लो समय विश्वभरबाट रोजगारीका लागि सुनौलो देश बनिरहेको छ ।

विद्यार्थी र श्रम क्षेत्रमा गरि २७ प्रकारका भिसामा अहिले विदेशीहरु जापानमा छन् । जापानमा रहेका विदेशीहरुले पनि अनलाईन मार्फत् भिसा नविकरण र परिवर्तन गर्न पाउने छन् ।

यसरी भिसाको नविकरणका लागि १४ देखि २८ दिनसम्म लाग्ने र स्टाटस परिवर्तनका लागि केही समय अनुसन्धानका लागि समय थप हुने जनाइएको छ ।

जापान सरकारले विदेशी कामदारहरुलाई दिगो रुपमा जापान बस्ने वातावरण निर्माण र स्थायी आवासीय भिसाको प्रवन्ध गर्नका लागि यो तयारी थालेको हो । आगामी मार्चदेखि स्थायी आवासका लागि नियम परिवर्तनको तयारी समेत भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?