ट्रम्पको धम्कीले यसरी एकजुट बनाउँदैछ जापान र चीनलाई, बन्दैछ नयाँ रणनीति

जापान । जापान र चीनका उच्च अधिकारीहरुका बीचमा आर्थिक साझेदारीको मुद्दामा थप वार्ता गर्ने सहमति भएको छ ।

प्रशान्त पार साझेदारी (टीपीपी) सम्वद्द वार्ताको भविष्य अनिश्चित भएपछि नयाँ तह बाट वार्ता सुरु भएको हो ।
जापानको विदेश मामला मन्त्रालयका सचिव केइइची काताकामी र चिनियाँ बाणिज्य मन्त्रालयका सचिव गाओ यानबीच भएको वार्तामा यस्तो समझदारी भएको हो ।
उनीहरुका बीच क्षेत्रिय व्यापार र आर्थिक साझेदारीका बारेमा वार्ता अघि बढाउने सहमति भएको हो । १६ सदस्यीय देशहरुको संगठनमा जापान, चीन तथा दक्षिणपूर्वी एशिया लगायतका देशहरु सामेल छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टीपीपी सम्झौता अमान्य हुने बताइरहेका बेला जापान र चीनका बीचमा एकता देखिएको हो ।
विश्लेषकहरुका अनुसार चीन पीटीटीलाई एशिया प्रशान्त क्षेत्रमा व्यापारीक नियम बनाउन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?