नेपाल सरकारको चरम लापरवाही, जापानले अनुदान दिएको १० हजार ६ सय ६० बोरा चामल कुहियो

काठमाडौं । नेपालका कर्णली अञ्चल लगायतका देशका विभिन्न जिल्लाहरुमा यतीबेला खाद्य संकट चुलिएको छ । तर, नेपाल सरकारलाई जापान सरकारले दिएको अनुदानको चामल समेत व्यवस्थीत ढंगवाट वितरण गर्न नसक्दा कुहीन थालेको छ ।जापान सरकारले अनुदानमा दिएको चालम बाँकेको नेपालगञ्जस्थित नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय भेरीको गोदाममा थन्किएको मात्रै छैन कुहिन थालीसकेको छ ।

ढुवानीको क्रममा सावधानी नअपनाउँदा चामल कुहिएर खान नमिल्ने अवस्थामा पुगिसकेको छ । अञ्चल कार्यालयका प्रमुख मोतीराज ज्ञवालीले चामल प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको बताए ।

अञ्चल कार्यालयको गोदाममा जापानी अनुदानको १० हजार ६ सय ६० बोरा चामल भण्डारण गरिएको छ । हरेक बोरामा ३० किलो चालम छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिदिँदा समस्या भएको कार्यलय प्रमुख ज्ञवालीले बताए ।

अहिले नेपालगञ्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन । तर संस्थानको गोदाममा प्रयोग गर्न नमिल्ने ठूलो परिमाणको चामल भण्डारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?