सन् २०१६ मा जापानमा अधिक रुचाईए यी पाँच चिजहरु

जापान । जापानले टेक्नोलोजी, फेसन तथा विज्ञानको क्षेत्रमा विश्वलाई नयाँ नयाँ प्रोडक्टहरु दिईरहेको हुन्छ जापानको मासिक पत्रिका निकीले अहिले जापानमा धेरै चलेका ट्रेन्डहरुको बारेमा विशेष आलेख नै प्रकाशित गरेको छ । त्यस्तै निकीले सन् २०१६ मा जापानमा प्रख्यात वस्तुहरुको बारेमा यसरी खुलाएको छ ।
पोकेमोन गो (Pokemon Go)
जापानमा निर्मित चर्चित स्मार्टफोन गेम पोकेमोन गोले सन् २०१६ मा विश्वमा नै तहल्का मच्चाउन सफल रह्यो । सुरुमा जापानमा मात्र लन्च गरिएको यो स्मार्टफोन गेम जापानमा यति धेरै रुचाईयो की मानिसहरुले आफ्नो दैनिक काम छोडेर नै पोकेमोन गो खेल्न थाले ।

गाडीमा सवार यात्रु देखि चालक सम्मले पनि यो खेल खेल्न थालेपछि जापानमा विभिन्न भूभागमा दुर्घटना सम्म पनि भएको थियो । त्यसरी दुर्घटना बढ्न थालेपछि जापान सरकारले नै सवारीसाधन चलाउँदा पोकेमोन गो खेल्न नपाउने नियम नै बनाउन पर्यो ।
पोकेमोनको लोकप्रियता देखेर बेलायतको स्यालफोर्ड विश्वविद्यालयले विद्यार्थीहरुलाई पोकेमोन गो का बारेमा अनौठो कोर्स नै सुरु गरिसकेको छ ।
तिम्रो नाम (Your Name)
माकोटो शिनकाई द्वारा निर्देशित चलचित्र ‘तिम्रो नाम ‘ पनि सन् २०१६ मा जापानमा तयार भएको उत्कृष्ट चलचित्र मानिन्छ । हाईस्कूलमा पढिरहेका यूवा युवतीहरुको कथामा आधारित सो चलचित्र जापानमा २०१६ मा अगष्ट महिनामा रिलिज गरिएको थियो ।

जापानी चलचित्र तिम्रो नाम लाई चीनमा अत्याधिक मात्रामा रुचाईएको थियो । प्रेमकथामा आधारित एनिमेटेड चलचित्र चीनका युवाहरुमा ब्लकबस्टर हिट भएको थियो ।
इलेक्ट्रिक चुरोट  (IQOS)

चुरोट पिउने लत लागेका तर त्यो लत छोड्न चाहेकाहरुका लागि भनि निर्माण गरिएको विशेष प्रकारको इलेक्ट्रोनिक चुरोट पनि यस वर्ष जापानमा चर्चामा रह्यो । फिलिप मोरिस सिगरेट कम्पनीले यस्तो चुरोटको निर्माण गरेको हो ।

जुन चुरोट सेवन गर्दा धुवाँ आउँदैन तर चुरोटको खिल्ली भने वास्तविक सुर्तीको फ्लेवरबाट निर्माण गरिएको हुँदा खिल्ली ताते संगै सुर्तीको बास्ना आउने हुँदा जापानमा यो इलोक्ट्रोनिक चुरोट धेरैले रुचाएका थिए । स्वास्थ्यका हिसाबले पनि यो चुरोटले कुनै प्रकारको हानि नगर्ने भएको हुँदा यो लोकप्रिय बन्न गएको हो ।
इन्स्टाग्राम

विश्वमा नै प्रख्यात बनेको सामाजिक सन्जाल इन्स्टाग्राम सन् २०१६ मा जापानमा पनि लोकप्रिय रहन गयो ।मोवाईल एप्लिकेसनको रुपमा हरेकको मोवाईलमा हुने इन्स्टाग्राम संसारभरका मान्छेहरुले फोटो खिच्न, ईडिट गर्न, अपलोड गर्न प्रयोग गर्छन् ।

त्यस्तै प्रयोजनका लागि जापानीहरुका लागि पनि इन्स्टाग्राम प्रख्यात मोबाईल एप बन्न पुगेको थियो । विशेष गरि १८ देखि ४० वर्ष उमेर समूहका जापानी महिलाहरु मध्य ५५ प्रतिशतले इन्स्टाग्रामलाई धेरै रुचाएको देखिएको छ ।

मेरकारी (Mercari)
जापानमा मेरकारी नामको सामान खरिद गर्न बनाईएको एप यो वर्ष चर्चामा रह्यो ।विशेष गरि जापानी यूवा तथा युवतीहरुमा सामानहरु जस्तै लत्ता कपडा, इलोक्ट्रोनिक सामानहरु, कितावहरु खरिद तथा विक्री गर्न सजिलो होस् भन्नको लागि तयार पारिएको मेरकारी मोबाईल एप प्रख्यात छ ।

निशुल्क नै प्रयोग गर्न सकिने यो मोबाईल एप बाट सामान खरिद तथा विक्री गर्दा पैसा तिर्नको लागि मास्टर कार्ड तथा अनलाइननै पैसा तिर्न सकिने गरि यो एप्लिकेसन तयार बनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?