नोभेम्बर महिनामा जापानमा बेरोजगारको संख्या बढ्यो

जापान । नोभेम्बर महिनामा जापानमा बेरोजगार दर ०.१ बाट बढेर ३.१ प्रतिशत पुगेको छ  । जापानको आन्तरिक मामिला मन्त्रीले बताए अनुसार अघिल्लो वर्षको तुलनामा ७३०,००० रोजगारको संख्या घटेको देखिएको छ ।  अघिल्लो वर्ष  ६४.५ मिलियन काम नोभेम्बर महिनामा उपलब्ध थियो ।

बेरोजगारको संख्या अघिल्लो वर्षको भन्दा यो वर्ष घटेको सरकारले दिएको आंकडाले देखाएको छ । अघिल्लो वर्ष १.९७ मिलियन काम १२०००० को संख्यामा घटेको थियो ।
तर आंशिक तथा अनियमित रुपले काम गर्ने कामदारहरुको संख्या भने जापानमा अघिल्लो वर्षको तुलनामा वृद्दी भएको देखिएको छ ।

अघिल्लो वर्ष २०.३ मिलियन कामको संख्यामा थप २४०००० को रोजगारी थपिएको थियो । श्रम मन्त्रालयका अनुसार बेरोजगारहरुका लागि नोकरी प्रस्ताव गर्नेहरुको संख्यामा पनि ०.०१ प्रतिशतले बढेर १.४१ पुगेको छ । त्यो संख्या २५ वर्षको सबैभन्दा उच्च हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?