चीनले दियो जापानी प्रधानमन्त्री आबेलाई चेतावनी, अमेरिकासँग घाँटी जोड्न छाडेर बेइजिङमा वार्ता गर्न आउ

बेइजिङ । चीनले जापानी प्रधानमन्त्री सिन्जो आबेको पर्ल हार्बर भ्रमणलाई लिएर हमलाको दोषबाट मुक्त हुन गरिएको एउटा निष्ठाहीन प्रयास भएको भनी प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले “आफ्नो नियमित सञ्चारकर्मीसँगको भेटमा भनेका छन्, भ्रमण जापानले दोस्रो विश्वयुद्धका बेला गरेको अपराधको ऋण चुकाउने प्रयास भए पनि जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराध उसले चीनलगायत दोस्रो विश्वयुद्धबाट पीडित अन्य एसियाली राष्ट्रसँग पुनःमिलन नगर्दासम्म उक्त अपराधबाट उन्मुक्ति मिल्ने छैन ।”
दोस्रो विश्वयुद्धका क्रममा जापानले चिनियाँ बस्तीहरुमा आक्रमण गरि सयौं सर्वसाधारणको हत्या गरेको उल्लेख गर्दै चीनले आफ्ना नागरिकको हत्याको बारेमा जापान बोल्न नचाहनुले जापान अझै युद्धको मुडमा रहेको प्रष्ट हुने बताएको छ ।

चीनले चीनसागरमा अझै पनि जापानले दादागिरी गरिरहेको भन्दै चीन सागरको विवादमा अमेरिकासँग मिल्न खोज्नु जापानको कमजोरी हुने बताएको छ ।

उस्ले क्षेत्रिय विकास र सम्प्रभुताका लागि जापानले अमेरिकाको आड लाग्न छाड्नुपर्ने र आफुहरु वार्ताका लागि सधैं तयार रहेको समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?