जापानले एक घण्टा १५ मिनेटमा यसरी कब्जामा लिएको थियो अमेरिकी नौसैनिक क्याम्प (भिडियो सहित)

जापान । अहिले आफुलाई विश्व शक्ति राष्ट्र दावा गर्दै आएको संयुक्त राज्य अमेरिकाको हालत आज भन्दा ७५ वर्ष पहिला कस्तो थियो ? यो आम चासोको विषय बन्ने गरेको छ । तत्कालीन समयमा जापानी सेनाले अमेरिकाको मुख्य सैन्य अखडा नै ध्वस्त पारिदिएको थियो र अमेरिका कमजोर बन्न पुगेको थियो ।

यतीबेला जापानका प्रधानमन्त्री शिन्जो आबेले अमेरिकामा छन् र उनले अमेरिकी नौसैनिकको त्यो बेस क्याम्प अवलोकन गरेका छन् जुन ७५ वर्ष पहिला जापानी सेनाले कब्जामा लिएको थियो । त्यो अड्डा हो पर्ल हार्बर ।

जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिसँगै पर्ल हार्बरको भ्रमण गरेर ७५ वर्षअघि भएको घटनामा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

७५ वर्षअघि दोस्रो विश्व युद्धको क्रममा जापानले अमेरिकी नौसैनिकको अड्डा पर्ल हार्बरमा आक्रमण गरेको थियो । सन् १९४१ को सेप्टेम्बर ७ मा पर्ल हार्बरमा रहेको अमेरिकी नौसैनिकको समुद्रिक अड्डामा जापानका तीन सय ५३ लडाकु विमानले एक घण्टा १५ मिनेटसम्म आक्रमण गरेर ध्वस्त पारेको थियो ।

यो आक्रमणमा २४ सय तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । यस्तै ८ सैनिक पानी जहाजसहित १९ पानी जहाज नष्ट भएका थिए । यसैगरी तीन सय २८ अमेरिकी लडाकु विमान क्षतिग्रस्त भएका थिए ।

यो दोस्रो विश्व युद्धको क्रममा जापानले अमेरिकी भूभागमा गरेको पहिलो आक्रमण थियो । ७५ वर्षपछि पहिलो पटक जापानका प्रधानमन्त्रीले पर्ल हार्बरको भ्रमण गर्नुलाई दुई देशबिचको सम्बन्ध सुधारको अर्को महत्वपूर्ण कडीको रुपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति ओबामासँगै पर्ल हार्बर पुगेका जापानी प्रधानमन्त्री आबेले घटनामा ज्यान गुमाएकाको घाउ अझै आलै रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले आफुहरुले यहाँ गरेको भन्दा जधन्य अपराध त जापानमा अणु बम विष्फोट गराएर गरिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?