समाजसेवी दीपकबाबु नेपालले पाएको पुरस्कार चेपाङ बालबालिकाको शिक्षामा खर्च गर्ने

सन्तोष चोखाल, टोकियो । जापानदेखी नेपालसम्म सामाजिक कार्यमा सक्रिय समाजसेवी दीपकबाबु नेपालले सिद्दार्थ रेमिट जापानबाट सहयोग रकम प्राप्त गरेका छन ।

सिद्धार्थ रेमिट जापानद्वारा सुरु गरियको सदस्यता विस्तार अभियानमा समाजसेवी नेपालले सक्रियता पूर्वक सदस्यता विस्तार गरेका थिए । नेपालले सदस्यता विस्तार गरेको सिद्दार्थ रेमिटबाट १ लाख १५ हजार रूपैया  प्राप्त गरेका छन ।

नेपालले आफुलाई प्राप्त यो रकम चितवनको दुर्गम क्षेत्रमा रहेका चेपाङ बालबालीका लगायत अन्य अशक्त बालबालिकाको शिक्षा क्षेत्रमा खर्च गर्ने बतायका छन ।

उनले आफुले पुरस्कारस्वरुप प्राप्त गरेको सबै रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताउँदै असाहाय , अपांग बालबालीकाको खुसीका लागि आफु लागिपर्ने र उनीहरुको खुसी नै आफ्नो खुसी हुने बताए ।

सिद्दार्थ रेमिट जापानको तर्फÞबाट संचालकहरू बाबुराम भण्डारी र मेघराज नेपालले संयुक्त रूपमा शो रकम समाजसेवी नेपाललाई हस्तान्तरण गरेका थिए ।

नेपाल उत्ता अभियानका अन्तराष्ट्रीय संयोजक समेत हुन । नेपालले जापानदेखी  जन्मभूमि नेपालसम्म विभिन्न तरिकाले सेवा र सहयोग गर्दै आएका छन । नेपाललाई जापानवासी नेपालीले समेत विश्वासको पात्रको रूपमा लिने गर्छन । नेपाल भन्छन – म अरुको खूसीमा आफु खूसी हुने गर्छू ।

सिद्दार्थ रेमिट जापानका संचालक बाबुराम भण्डारीले दीपकबाबु नेपाल जस्तो व्यक्ति आफुले पहिलो पटक देखेको र यति धेरै उदार मनको व्यक्ति आफुले अहिलेसम्म नदेखेको बताए ।

दिनरात आफ्नो काम सँगसँगै समाजसेवामा , अरुको दुःखमा सहयोग गर्ने सक्रिय व्यक्तिलाई सम्मान गर्न पाउनु आफ्नालागि गर्वको कुरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?