धमलाको रिपोर्टस क्लव जापानमा पनि सक्रिय हुने

जापान । रिपोर्टस क्लब नेपाल जापानमा पनि गठन भएको छ ।सन्तोष चोखालको अध्यक्षतामा क्लवको जापान शाखा आइतबार गठन भएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

आईतबार टोकियोमा विशेष कार्यक्रम आयोजना गरि रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलालाई सम्मान तथा बधाई व्यक्त गरिएको थियो । जापान भ्रमणमा रहेका क्लवका अध्यक्ष धमलाले जापानमा क्लवको शाखा गठन गर्न पाउँदा आफुलाई खुसि लागेको बताएका थिए ।

त्यस्तै धमलाले जापानमा रहेका नेपालीहरुको विचार र समाचारलाई विश्वमा फैलाउन क्लवको जापान शाखाले विशेष भूमिका निभाउने विश्वास समेत व्यक्त गरेका छन् । कार्यक्रम टक शो यूनिट जापानले आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?