सिन्धुपाल्चोक समाज जापानको प्रथम भेला सम्पन्न

जापान ।अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा जापानमा रहेका सिन्धुपाल्चोक जिल्ला का नेपालीहरु विच परिचयात्मक तथा शुभकामना आदान प्रदान गर्दै पहिलो भेला सम्पन्न भएको छ । भेलाले सिन्धुपाल्चोक समाज जापानको १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

रामकृष्ण भण्डारीको अध्यक्षतामा ६ महिना भित्र अधिवेशन गर्ने गरी उपाध्यक्ष राज भट्टराई सचिव सन्तोष भण्डारी सहसचिव मनोज योन्जन, कोषाध्यक्ष नविन योन्जन रहने गरी सर्वसम्मतिमा पदाधिकारी गठन गरेको हो । अध्यक्ष भण्डारीका अनुसार सम्पूर्ण प्रवासी नेपालीहरूको एकता, सद्भाव र सहकार्यमा जोड दिन र जिल्लावासीको हितमा काम गर्न संस्था गठन गरिएको बताएका छन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?