जापान । सुदुरपश्चिमेली नेपाली समाज जापानले समाजको आगामी कार्यदिशा,योजना तथा हाल सम्मको गतिविधीको समिक्षा गर्ने हेतुले भोलि डिसेम्बर २५ तारिख अाइतबारका दिन समाजको वार्षिक साधारण सभा गर्ने भएको छ ।
जापानको निशीनिप्पोरीस्थित मितेरी किचेन रेष्टुरेन्टको हलमा आयोजना गर्न लागिएको साधारसभामा जापानमा नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट अध्ययन ,व्यवसाय र पेशाको शिलशिलामा जापानमा रहदै आएका नेपालीहरुको सहभागिता रहने समाजका अध्यक्ष पूर्ण चलाउनेले जानकारी दिएका छन् ।
समाजले दिउसो १ बजे आयोजना गर्न लागिएको सो कार्यक्रममा जापानमा रहेका सम्पुर्ण सुदुरपश्चिमेली नागरिकहरुलाई सहभागी भईदिन आग्रह गरेकाे छ ।