रुसबाट आयो जापानबासीहरुका लागि खुसीको खबर, अन्ततः पुटिन पनि सहमत

जापान । पछिल्लो समय विवादीत चार द्धिपका बारेमा जापान सरकारले आफ्नो दावा प्रस्तुत गरिरहेका बेला रुसी अधिकारीहरुले सकारात्मक प्रतिक्रिया दिन थालेका छन् ।

रुस सरकारका बरिष्ठ अधिकारीले राष्ट्रपति भ्लादिमिर पुटिनको हवाला दिँदै अघिल्लो हप्ता जापान भ्रमणका क्रममा भएको सम्झौता लागु गर्न रुस तयार रहेको बताएका छन् ।

रुसको मिडियाहरुले खबर लेखेका छन् की विदेश उपमन्त्री इगोर मोर्गुलोफले पुटिन तथा जापानी प्रधानमन्त्री सिन्जो आबेका बीचमा भएको सम्झौता कार्यान्वयनका लागि रुस तयार छ । उनले शुक्रबार मात्रै संसदमा यस बारेमा जानकारी दिउका थिए ।

रुसी विदेश उपमन्त्री मोर्गुलोफले जापानसँगको विवाद अन्त्यका लागि रुस जस्तोसुकै कदम चाल्न तयार रहेको र जापानलाई असल मित्र बनाउन रुस आतुर रहेको पनि बताएका छन् ।

उनले नयाँ वर्षको सुरुवातसँगै जापानी प्धानमन्त्री रुस आउने र विवादीत चार दिपहरुमा आर्थिक सहायता बढाउनेबारे भएको सम्झौता कार्यान्वन थालनी हुने बताएका छन् ।

पुटिनको जापान भ्रमणका क्रममा दुई देशका विभिन्न कम्पनीहरुका बीच ८० वटा सम्झौता भएका छन् । विवादीत चार द्धिपका बारेमा रुसी राष्ट्रपतिले भने केही बोलेका छैनन् ।

तर, सहमति, सहकार्य र एकतामा जोड दिदै जापानलाई ती द्धिपहरुमा लगानी गर्न दिने कुरामा उनी प्तिवद्ध रहेको उपमन्त्रीले बताएका छन् । जापानले द्धिपहरु आफ्नो महत्वपुण उत्तरी क्षेत्र भन्दै आएको छ । दोस्रो विश्वयुद्धमा रुसले ति द्धिपहरु कब्जा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?