यसरी मनाईयो जापानी सम्राटको जन्मदिन, सम्राटले गरे मन छुने सम्बोधन

जापान । जापानका सम्राट अकिहीतोको ८३ औं जन्मदिनको उपलक्ष्यमा हजारौं सर्वसाधारण टोकियोस्थित शाही महलमा पुगेका थिए ।

शुक्रबार बिहान ९:३० बजे शाही महलको मुल द्धार खुल्नुपुर्व बापहर करिब ४ हजार ७ सय सर्वसाधारण आफ्ना प्यारा सम्राटको जन्मदीनको शुभकामना दिन ब्यग्र प्रतिक्षामा थिए ।

सम्राट अकिहीतो, साम्राज्ञी मिचिको तथा शाही परिवारका अन्य सदस्यहरु शाही महलको बालकोनीमा आएर आफ्ना शुभचिन्तकको अभिवादन गरेका थिए ।
आफ्नो सम्बोधनका क्रममा सम्राटले बधाई दिनेहरुलाई धन्यवाद दिएका थिए । अकिहीतोले बिहीबार नीगातामा भएको आगलागीबाट घरबार गुमाएकाहरुको स्वास्थ्य अवस्था, बासस्थानको प्रवन्ध र बालबालिकाको स्वास्थ्य अवस्थाका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

सम्राटले नयाँ वर्ष २०१७ ले सबै जापानी जनसमुदायलाई समृद्धि र शान्तिको सन्देश दिने बताए । । समारोहमा जापानी प्रधानमन्त्री सिन्जो आबे, मन्त्रीहरु तथा जापानस्थित १३९ देशका कुटनीतिज्ञहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?