जापानी माेटर कम्पनी हाेन्दा र गुगलले संयुक्त रूपमा स्वचालित कारको निर्माण गर्ने

जापान । जापानी मोटर कम्पनी होन्दाले अमेरिकाको विशाल सुचना तथा प्रौद्योगिक कम्पनी गुगलको साथमा  स्वचालित कारकाे निर्माण गर्ने बताएकाे छ । 

होन्दा कम्पनी कारमा वेमोद्दारा विकसित सेन्सर तथा सफ्टवेयर  मार्फत अमेरिकी राजमार्गमा कारको परिक्षण गर्न चाहन्छ ।
होन्दा कम्पनी स्वयं नयाँ प्रविधीको विकास गर्दै आएको छ ।

होन्दाले सुचना तथा प्रौद्योगिक क्षेत्रमा अत्याधुनिक प्रविधीको विकास गर्दै अाएकाे गुगल कम्पनीको साथमा विश्वव्यापी प्रतिस्पर्धामा आउन चाहेकाे बताएकाे छ ।

होन्दा र गुगल कम्पनीले साथमा निर्माण गर्ने स्वचालित कारले टोयोटा,निसान तथा अन्य कम्पनीका कारहरुसंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?