जापान । जापानी मोटर कम्पनी होन्दाले अमेरिकाको विशाल सुचना तथा प्रौद्योगिक कम्पनी गुगलको साथमा स्वचालित कारको विकासको विषयमा अध्ययन गर्ने योजना बनाएकाे बताएकाे छ।
होन्दा कम्पनी कारमा वेमोद्दारा विकसित सेन्सर तथा सफ्टवेयर मार्फत अमेरिकी राजमार्गमा कारको परिक्षण गर्न चाहन्छ ।
होन्दा कम्पनी स्वयं नयाँ प्रविधीको विकास गर्दै आएको छ ।
होन्दाले सुचना तथा प्रौद्योगिक क्षेत्रमा अत्याधुनिक प्रविधीको विकास गर्दै अाएकाे गुगल कम्पनीको साथमा विश्वव्यापी प्रतिस्पर्धामा आउन चाहेकाे बताएकाे छ ।
होन्दा र गुगल कम्पनीले साथमा निर्माण गर्ने स्वचालित कारले टोयोटा,निसान तथा अन्य कम्पनीका कारहरुसंग प्रतिस्पर्धा गर्नेछ ।