अमेरिकी सैनिकलाई हराएको ७५ वर्ष पछि जापानी प्रधानमन्त्रीलाई यस्तो अवसर

वाशिंटन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक उच्च अधिकारीले आगामी साता पर्ल हार्बरमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीचको भेटवार्ताका क्रममा पुर्व अमेरिकी सैनिकहरु समेत सहभागि हुने बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का एशिया मामलाका बरिष्ठ निर्देशक डेनियल क्रिटेनबिंकले राजधानी वाशिंटनमा पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् ।
आबे आगामी सोमबार हवाई जानेछन् । मंगलबार आबेले ओबामासँग भेटवार्ता गर्नेछन् भने ७५ वर्ष पहिला जापानी हमलामा अमेरिकी सेनाले पराजय भोगेको पर्ल हार्बरमा संयुक्त श्रद्धान्जली सभामा सरीक हुने कार्यक्रम रहेको छ ।

कुनै पनि जापानी प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँगै उक्त स्थानमा पुग्न लागेको यो नै पनिलो घटना हो ।
ती अधिकारीका अनुसार उक्त समारोहमा पुष्पगुच्छा अर्पण लगत्तै ओबारमा र आबेले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहमा हमलाबा जीवित रहन सफल अमेरिकी सैनिक र मारिएका सैनिकका परिवारहरु समारोहमा सहभागि हुने छन् ।

उनीहरुसँग आबे र ओबामाले कुराकानी गर्ने व्यवस्था समेत मिलाइने छ । यसबाट यी दुई देशबीचको दर्दनाक युद्धको स्मरण सँगै नयाँ शिराबाट सहकार्यको थालनी हुने अमेरिकी विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?