नागोयामा हुने म्युजिकल नाइटको तयारी पुरा, नेपालका चर्चित गायक र नायिकाको प्रस्तुती रहने

जापान । महावीर पुनको अभियान सहयोगार्थ आयोजना गरिएको न्यु इयर म्युजिकल नाइटको सम्पुर्ण तयारी पुरा भएको छ । अंग्रेजी नयाँ बर्ष २०१७ को उपलक्ष्यमा जापानको नागोयामा म्युजिकल नाइटको आयोजना हुँदै छ ।

जनवरी १ तारिकका दिन जापानको नागोया शहरमा अहिले सम्मकै पृथक सांगीतिक कार्यक्रम न्यु इयर म्युजिकल नाइटको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु गायक सुगम पोखरेल, नबिन के भट्टराई र नायिका नम्रता सापकोटाको प्रस्तुती रहने छ ।

साथै जापानमा बसेर पनि कलाकारितालाई निरन्तरता दिइरहेका कलाकारहरु गायक श्याम शितल, कर्म दोंग तामाङ, राजिब लामा ,रामशरण राज ,मनोज केसी, छबी लामा साथै नृत्यकारहरु समिक्षा थापा, मिरा दर्लामी मगरको प्रस्तुति रहने छ ।

कार्यक्रमलाई क्यु यस मोनी ट्रान्सफरले मुख्य प्रयोजन गरेको छ भने पोखरा रेस्टुरेन्ट, सामिका सुपरमार्केट, करुणा इन्टरप्राइजेज, शुभकामना रेस्टुरेन्ट, सन् लाइट रेस्टुरेन्ट, बिजी बी कम्पनी र एभरेस्ट कर्पोरेसन मेनपावरले प्रायोजन गरेका छन् ।

नेपाली समाज नागोयाले आयोजना गरेको कार्यक्रमको सह आयोजकमा नेपाली समाज तोयोकावा र नागोया ब्रदर्स रहेका छन् भने सहयोगी संघ संथाहरुमा एनआरएन नागोया ,गल्कोट समाज जापान, धादिङ समाज नागोया, सगरमाथा महिला समुह, चितवन समाज जापान, मगर समाज जापान, सेर्पा समाज जापान ,आदिबासी जनजाती महासंघ जापान ,स्यांजा समाज, राई समाज जापान, तामाङ समाज जापान र म्याग्दी मोना जापान रहेका छन् ।

नागोया साकायको आपा होटलमा दिउसो २ बजे बाट सुरु हुने उक्त कार्यक्रम राति १० बजे सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

सर्बसाधारणको लागि जापानी येन ३००० प्रबेस शुल्क तोकिएको र विद्यार्थीहरुका लागि विशेष छुटको व्यवस्था समेत गरिएको आयोजक समितिका संयोजक दिपक केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?