सेवा विस्तार गर्दै सिटी एक्सप्रेस मनि ट्रान्सफर र शिखर बजार जापान

जापान । जापानबाट नेपालमा मात्र सिमित नभई विश्वका विभिन्न देशहरुमा पैसा पठाउन प्रभावकारी माध्यम बनेको सिटी एक्सप्रेसले जापानको सेन्दाईमा पनि आफ्नो सेवा सुचारु गर्ने भएकाे छ ।

जापानको सेन्दार्इ सी मियागिनिकु टेप्पो माची निशीबाट डिसेम्बर २४ देखि सुरू हुने सो सेवाले सेन्दार्इमा रहेका विदेशी नागरिकहरुलाई सहज बनाउने आशा गरिएको छ ।

सोही तारिखमा एकै स्थानबाट रेमिट्यान्स, हलाल फुड, खाजा घर, टिकेटिङ जस्ता विभिन्न सेवाहरु प्रदान गर्ने  शिखर बजार जापानको पनि समुद्घाटन हुने कार्यक्रम रहेको छ ।

साथै शिखर बजारको समुदघाटन तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर सेन्दार्इकाे एक बजे हुने उद्घाटन समारोहमा उपस्थित हुन जापान वासी नागरिकहरुलाई  आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?