दक्षिण कोरियाली सेनाको सैनिक अभ्यासप्रति जापानद्धारा कडा विरोध

जापान । दक्षिण कोरियाको राजधानी सोलस्थित जापानी दुतावासका मन्त्री हिदेओ सुजुकीले दक्षिण कोरियाली विदेश मन्त्रालयका प्रमुख चोन ब्योन वोनसंग टेलिफोन वार्तामार्फत कोरियाली नौसेनाको सामुद्रिक अभ्यास प्रति कडा विरोध जनाएका छन् ।

दक्षिण कोरियाली नौसेनाले जापानको विवादास्पद ताकेशीमा द्धिपमा सामुद्रिक अभ्यास गरिहेका छन् । सो द्धिपलाई लिएर प्रादेशिक सार्वभौमिकताको दावा गर्ने जापानले कोरियाली नौसेनाको अभ्यास प्रति कडा विरोध जनाएको हो ।

सुजुकीले अन्तराष्ट्रिय कानुन तथा ऐतिहासिक दृष्ट्रिकोणमा ताकेशिमा द्धिप जापानकाेअभिन्न अंग भएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?