जापान ।जापानकाे टाेकियाेस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा मेशिन, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानकाे अायाेजनामा नेपाली चलचित्र ‘बिजुली मेशिन’ प्रदर्शन गरिएकाे छ ।
युवा तथा बालबालिकाका लागि निक्कै प्रेरणादायी मानिएकाे ‘बिजुली मेशिन’ चलचित्र दुइ विज्ञान संकायका विद्यार्थीकाे संसर्गमा अधारित चलचित्र हो ।
झण्डै १ घण्टा ४५ मिनेटकाे साे चलचित्र हेरेपश्चात एभरेष्ट इन्टरनेशलन स्कूलका विद्यार्थीहरूले चलचित्र निक्कै प्रेरणादायी भएकाे तथा चलचित्रमा समावेश गरिएका विषयवस्तु निक्कै उचित भएकाे टिप्पणी गरेका थिए ।
साथै स्कुलका प्राचार्य प्रदिप थापाले चलचित्र विद्यार्थीका निम्ती निक्कै उचित तथा प्रेरणामुलक भएको बताएका छन ।
साे अभियानका अभियानकर्ता क्लिनिकल मनोबिद डा.बिजय ज्ञवालीले ‘बिजुली मेशिन’ सकरात्मक सन्देश बोकेको फिल्म भएकोले बिद्यार्थीमाझ प्रर्दशन गरिएको बताएका छन् ।
साथै उनले सकरात्मक धारणा बाेकेकाे अाफ्नाे यस अभियानले सदासकारात्मक साेचकाे पक्षपाेषण गर्ने बताएका छन् ।
उनले कार्टुन र भिडियाे गेमकाे कारण स्क्रिनकाे सहि प्रयाेगमाथि बहस चलिरहेकाे समयमा यथार्थबादी चलचित्र ‘बिजुली मेशिन’काे प्रर्दशन निक्कै प्रभावमुखी बनेकाे बताएका छन् ।
कार्यक्रममा अयाेजक टिमलाइ रिमिटेन्स , जे .एम .इ रेमिट , सिटी ट्रावल एन्ड टुर र मैले नगरे कसले अभियानले इभेन्ट सहयोगीको रूपमा काम गरेका थिए।