यस कारण सन् १७ को सुरुवातमै रुस जाँदैछन् जापानी प्रधानमन्त्री आबे

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबे नयाँ वर्ष सन् २०१७ को सुरुवात भएपछि रसियाको भ्रमणमा जाने पक्का भएको छ ।

प्रधानमन्त्री आबेले द्धिपक्षीय सम्बन्ध सुधारको प्रयास स्वरुप आफु नयाँ वर्षसँगै नयाँ उत्साहका साथ रुस जान लागेको बताएका छन् ।

आबेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत हप्ता मात्रै सहमति भएको विवादीत चार उत्तरी जापानी द्धिपहरुमा संयुक्त आर्थिक गतिविधि सञ्चालन गर्नेबारे रुस भ्रमणमा विस्तृत छलफल गर्ने छन् ।

जापानले यी चार द्धिपहरुमा आफ्नो दावा गर्दै आइरहेको छ, जुन दोस्रो विश्वयुद्ध पश्चात् रुसले कब्जामा लिएको थियो । जापान सरकारको दाबी छ की यी चार द्धिप देशको अभिन्न अंग हुन्, जुन विश्व युद्ध पश्चात् रुसले अबैध रुपमा कब्जामा लिएको छ ।

आबेले एक सार्वजनिक समारोहमा भनेका छन् कि यी द्धिपहरुमा संयुक्त आर्थिक गतिविधि सुरु भएसँगै त्यहाँ रहेका जापानी नागरिकहरुले अपनत्व फिल गर्ने सक्नेछन् ।

जापानी विदेश मन्त्री फुमिओ किशिदाले द्धिपबारेको चिन्ता अन्त्य गर्नका लागि सरकारले विशेष पहल गरिरहेको र जी–७ औद्योगिक देशका साथ सम्बन्ध विस्तार गर्नका लागि रुससँगको साझेदारी महत्वपुर्ण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?