जापानी डिजाइनरले बनाए पुरुषका लागि चार्जिङ ज्याकेट, महिलाका लागि आउँदैछ यस्तो विकिनी

जापान । जापानको एउटा कम्पनीले सोलार जडित ज्याकेट बजारमा ल्याएको छ ।

२ हजार ४ सय ८० डलर पर्ने सो ज्याकेट जापानी युवा डिजाइनर जुन्या वातानाबेले डिजाइन गरेका हुन् ।

एफडब्ल्यु–१६ नाम दिइएको ज्याकेटमा त्यस्तो उपकरण जडान गरिएको छ, जसले सुर्यको किरण लिन्छ र सजिलै स्मार्ट फोन चार्ज गर्छ । हालै बजारमा ल्याइएको ज्याकेट पुरुषहरुका लागि हो ।

वातानाबेलले चाँडै युवतीहरुका लागि विकिनी पनि तयार गर्दैछन्, जसमा पनि सोलारको सुविधा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?