यी पाँच कारण, जस्ले जापानी नागरिकलाई विश्वकै प्रिय र नम्र बनाएको छ

जापान । जापान, सुर्याेदयको देश । जहाँ सुर्योदयको पहिलो किरण हेर्नका लागि विश्वबाट पर्यटकहरुको ओइरो लाग्ने गर्दछ ।

जो जापान आउँछन्, उनीहरु जापान देशको मात्रै होइन, यहाँका नागरिकहरुको मन देखेर प्रभावित बन्ने गर्दछन् । जापान आउने अधिकांश पर्यटकहरु जापानीहरुको प्रशंसा नगरि फर्कनै सक्दैनन् ।

जापान आएका विदेशी पर्यटकहरुले जापानी नागरिकहरुलाई विभिन्न विशेषणले सम्बोधन गर्ने गर्दछन् । जापानी नागरिकहरुलाई विश्वभारका मानिसहरुले मनपराउनुको खास कारण यस्तो रहेको छ ।

१. नम्रता
जापानी नागरिहरु अन्यन्त नम्र व्यवहारका हुने गर्दछन । परम्परागत मुल्य र मान्यतालाई अत्यन्तै आत्मसाथ गर्ने जापानी नागरिहरुलाई नम्र हुने जापान भ्रमणमा आएका पर्यटकहरुले आकलन गर्ने गरेका छन ।

२.नियमितता
जापानी नागरिकहरु व्यवस्थापनका कार्यलाई निक्कै गहनताका साथ गर्दछन । समयको निक्कै ख्याल गर्ने जापानी नागरिकहरुमा ढिलो पन र अनियमितताको अवगुण पाईन्न ।

३.दयालु
जापानी नागरिकरु दयालु हुने गर्दछन । उनीहरुले आपत्तमा परेका विदेशीहरुलाई मनै देखि सहयोग गर्ने गर्दछन् ।

४.परिश्रमी
जापानी नागरिको जिवन र काम पर्याय जस्तै बनिसकेको छ । जापानमा परिश्रमी नागरिकहरुलाई हातार्की मोनोको नामबाट परिचित गराईन्छ । जापान भ्रमणमा आएका विदेशी पर्यटकहरु जापानी नागारिकरुको लगनशिलता तथा परिश्रमबाट निक्कै प्रभावित हुने गरेको पाइन्छ ।

५. आदर गर्ने बानी
जापानीहरुले देखाउने अर्को राम्रो बानी भनेको आदर सम्मान हो । जापानीहरुले अतिथिलाई निकै आदर गर्ने गर्दछन् । जसका कारण एक पटक जापान घुम्न गएकाहरु फेरि जापान पुग्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?