बसन्तपुर दरबार क्षेत्र पुनःनिर्माणका लागि जापानी विशेषज्ञ टोली १५ महिने अभियानमा

जापान । जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले गोरखा भूकम्प–२०७२ मा क्षती भएका सांस्कृतिक धरोहरहरुको पुनःनिर्माणमा सहयोग गर्न तत्काल प्राविधिक टोली नेपाल पठाउने भएको छ ।

सन् २०१५ को अप्रिलमा आएको ७.८ रेक्टर स्केलको भूकम्पले राजधानी काठमाडौंको दरबार स्क्वायर स्थित मन्दिर तथा ऐतिहासिक दरबार सहित धेरै महत्वपुर्ण संरचनाहरुमा क्षती पुर्याएको थियो । बसन्तपुर दरबार स्क्वायर विश्व सम्पदा सुचिमा सुचिकृत धरोहर हो ।
क्षतीको अवलोकनका लागि जापानी विशेषज्ञ टोली केही दिन भित्रै नेपाल जाने छ । उक्त क्षेत्रमा भूकम्प गएको २० महिना वितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन ।

नेपाल सरकारको आग्रह अनुसार साँस्कृतिक धरोहरको पुनःनिर्माणका लागि जापानी विशेषज्ञ टोलीलेडिसेम्बर २६ देखि १५ महिनाका लागि नेपाल सरकारको सल्लाहकार सरह रहेर काम गर्नेछन् ।

यो टोलीका सदस्यहरुले जापान सरकारको साँस्कृतिक विभाग अन्तरगत काम गर्नेछन् । टोलीले पुनःनिर्माणको ठोस योजना बनाएपछि निर्माणको काम आरम्भ हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?