जापानमा पीआर पाउन विदेशी दक्ष नागरिकका लागि बन्यो यस्तो नियम (भिडियो सहित)

जापान। जापान सरकारले आफ्नो देशमा काम गर्न आएका उच्च दक्ष विदेशी नागरिकलाई स्थायी बसोबासको लागि अनुमति दिने भएको छ । तर उच्च दक्ष विदेशी नागरिकले एक वर्ष जापानमा बसेको हुनुपर्ने बताईएको छ ।

तर अहिले नै जापानमा बसोबास गरिरहेका विदेशी नागरिक तथा अनुसन्धानकर्ता र कर्पोरेट म्यानेजरहरुले स्थायी बसोबासको अनुमति प्राप्त गर्न कम्तिमा ५ वर्ष जापानमा बसोबास गरेको हुनुपर्ने बताईएको छ ।

तर जापान सरकारले अहिले बसोबास गरिरहेका व्यक्तिहरुको हकमा ५ वर्षलाई घटाएर ३ वर्ष बनाउने विषयमा छलफल अघि बढाईरहेको जानकारी दिईएको छ ।

तर आर्टिफिसियल इन्टिलिजेन्स विशेषज्ञहरु, मेडिसिन विषयका अनुसन्धानकर्मी, वृहत लगानीदाताहरु जसले जापान सरकारले तय गरेको विशेष कन्डिसन पुरा गर्छन् तिनीहरुले एक वर्ष जापानमा बसेपछि स्थायी बसोबासको लागि अनुमति प्राप्त गर्न सक्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?