यूथ फर यूथ जापानले नयाँ वर्षको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै

जापान । नेपालबाट जापानमा आएर विभिन्न पेशा तथा व्यवसाय गरिरहेका युवाहरूको संस्था ‘यूथ फर यूथ’ जापानको तेश्रो सम्मेलन यही डिसेम्बर २५ तारिख टोकियोमा हुने भएको छ ।

नयाँ वर्ष २०१७ को शुभकामना कार्यक्रम सहित टोकियोको शिनओकुबो स्थित बाराकाँडे गुड टाइमको सभा हलमा जापानमा रहेका चर्चित कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति सहित सो कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रमा चर्चित लोक दोहोरी गायक सूर्य खड्का, लोक दोहोरी गायक तथा मोडल विनोद भण्डारी, नवगायक चेतन घर्तीमगर, हाँस्य कलाकार नकुल गौतम लगायतको बेजोड प्रस्तुति रहने जनाईएको छ।

डिसेम्बर २५ का दिन १२ बजे देखि सुरु हुने उक्त कार्यक्रममा जापानबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई उपस्थितको सो संस्थाले निम्ता समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?