जापानी कम्पनी आईस्पेसले गर्ने भयो चन्द्रमाको सतहमा संसाधनको विकास

जापान ।  जापानी कम्पनी आईस्पेसले जापानको अन्तरिक्ष एजेन्सी जाक्साको साथमा चन्द्रमाको सतहमा संसाधन विकासको सम्भावनाको खोजी गर्ने बताएको छ ।

टोकियोको उद्यमी कम्पनी आईस्पेसले जापानको अन्वेषण एजेन्सी जाक्साको साथमा सो परियोजनाको लागि अन्तिम रुप दिएको छ ।

आईस्पेस तथा जाक्साले चन्द्रमाको सतहमा रहेका संसाधनबारे जान्न चाहनुका साथै सो संसाधनलाई पृथ्वीमा कसरी लैजान सकिन्छ भन्ने विषयमा अध्ययन गर्न चाहेको बताएका छन् ।

अन्तरिक्षमा संसाधनको विकासको लागि जापान सरकारको यो पहिलो विशिष्ट कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?