संयुक्त आर्थिक गतिविधिले जापान र रसिया बिच शान्ति सन्धि हुन सक्छ : पुटिन

जापान । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको नियन्त्रणमा रहेको चारवटा समुन्द्री टापुहरुमा संयुक्त आर्थिक गतिविधि गर्न एक विशेष संयन्त्र बनाउने विषयले रूस र जापान विच शान्ति सन्धि गर्ने विषयमा अन्तिम निर्णय गर्न सघाउ पुग्ने बताएका छन् ।

दुई दिने शिखर सम्मेलन पछि पुटिनले जापानी प्रधानमन्त्री सिन्जु आवेसंग संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा शान्ति सन्धिमा दुई देश विच हस्ताक्षर हुने विषय धेरै महत्वपूर्ण हुने बताएका थिए ।

पुटिनले शान्ति सन्धिले दुई देश विच भैरहेको आर्थिक सम्बन्धलाई थप सकारात्मक दिशातिर अघिबढ्ने बताएका छन् । सन्धिमा हस्ताक्षर गर्नुको अर्थ दुई देशहरुको विचमा दिर्घकालिन रुपमा एउटा स्पष्ट दृष्टिकोण निर्माण हुने पुटिनले बताए ।

दोस्रो विश्वयुद्द पछि जापान र रसिया विच कुनै शान्ति सन्धि भएको छैन । त्यस्तो सन्धि नहुनुको खास कारण भनेको जापानले आफ्ना चार समुन्द्री टापुहरु गैरकानुनि तरिकाले रसियाले कब्जा गरेको आरोप लगाउनु र त्यसको प्रत्युत्तरमा रसियाले जापानको आरोपलाई खारेज गर्नु रहेको हो ।

पत्रकार सम्मेलनमा पुटिनले अर्को वर्ष जापानी प्रधानमन्त्री सिन्जु आवेलाई आफुले रसिया भ्रमणमा बोलाउने समेत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?